दफा २६
सरकारी वकील मार्फत अदालतमा उपस्थित गराउने
अदालतमा दायर भैसकेको मुद्दासँग सम्बन्धित व्यक्ति पक्राउ भै वा आफै उपस्थित भै प्रहरी कार्यालयमा हाजिर हुन आएमा त्यस्तो व्यक्तिलाइ प्रहरीले यथाशिघ्र सम्बन्धित सरकारी वकील मार्फत अदालतमा उपस्थित गराउनु पर्नेछ ।